२० चैत काठमाडौ । उपराष्ट्रपति यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई उपराष्ट्रपति यादवले आज बिहान सो अस्पताल पुगेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

आइतबार प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।