Logo

बुधवार, श्रावण १३ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

जोईन खबर

२०, चैत्र २०७९
  • 706
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

    २० चैत काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिका सभापति सीता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका– वडा नं ११ सभापति विक्रम श्रेष्ठ रहेका छन्।

    images

    चितवन २ मा लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो। गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने अत्याधिक मतका साथ विजयी भएका थिए।Rabi-2022-07-01-07-31-51_800x500_50.webp

    बैशाख १० गतेका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राप्राको तर्फबाट जिवलाल पुरी र  राष्ट्रिय जनमोर्चा तर्फबाट उपाध्यक्ष जनकराज शर्माले पनि उम्मेदवारी दिँदैछन्।

    Vincenzo-Alberto-Annese-and-kiran-limbu-1-1024x683.jpg

    उपनिर्वाचनका लागि आज मनोनयन दर्ता रहेको छ। २१ गते उम्मेदवारको दावि विरोधको समय रहेको छ। २२ गतेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। चैत्र २३ गते मनोनयनको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ।  

    प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - १२:१५:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको