Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक ह्याट्रिक उपाधिनजिक

प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक ह्याट्रिक उपाधिनजिक

जोईन खबर

२४, माघ २०८०
  • 895
    SHARES
  • प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक ह्याट्रिक उपाधिनजिक

    २४ माघ काठमाडाैँ । भ्याली पब्लिक प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको तीनै विधामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स तथा मिक्स जुनियरमा फाइनलमा पुग्न सफल भयो ।

    images

    अक्षरा स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले गेटवे एकेडेमीलाई ६३–५८ ले पराजित गर्दै अक्षरिकासंग फाइनल भेट पक्का ग¥यो । भ्याली पब्लिकका अनिमेश अधिकारीले ११ अंक  जोडे । अक्षरिकाले शिक्षालय नेपाललाई ५३–२८ ले हरायो । अक्षरिकाका आयुश कार्कीले ११ स्कोर गरे ।सिनियर गल्र्समा भ्याली पब्लिकले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई ३६–१० ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले २४ स्कोर गरिन् ।

    उपाधिका लागि भ्याली पब्लिकले नेमोनिक विरुद्ध खेल्ने छ । अर्को सेमिफाइनलमा नेमोनिकले शिक्षालय नेपालमाथि ४४–२ को आरामदायी जित दर्ता ग¥यो । नेमोनिककी खुशी तामाङले ८ अंक जोडिन् ।जुनियर मिक्समा भ्याली पब्लिकले आयोजक अक्षराको चुनौती ४३–१२ ले समाप्त पा¥यो । भ्याली पब्लिकका विशाल परियारले १२ अंक बटुले ।

    उपाधि भिडन्तमा भ्याली पब्लिकले आलोक विद्याश्रमको सामना गर्ने छ । आलोक विद्याश्रमले विद्या विकासको यात्रा १९–१३ ले पूर्णविराम लगायो । आलोक विद्याश्रमकी रिया कार्कीले १० अंक जोडिन् ।काँडाघारीस्थित आयोजक अक्षरामा भइरहेको प्रतियोगिताको तीनै विधाको फाइनल बिहीबार हुनेछ । बुधबार तेश्रो स्थानका लागि खेल हुने भएकाे छ  ।

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - १६:१५:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको