२१ चैत काठमाडौ ।मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइतबार देखि निष्काशन गरेको आईपीओ सात लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार सोमबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ३० हजार २६७ आवेदकबाट ८२ करोड ५ लाख ५ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।
त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।