Logo

मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई मागपत्र बुझाउने र काठमाडौँमा प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई मागपत्र बुझाउने र काठमाडौँमा प्रदर्शन गर्ने

जोईन खबर

२, फाल्गुण २०८०
  • 937
    SHARES
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले  सरकारलाई मागपत्र बुझाउने र काठमाडौँमा प्रदर्शन गर्ने

    २ फागुन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ९ गते सरकारलाई मागपत्र बुझाउने र काठमाडौँमा प्रदर्शन गर्ने  भएको छ ।

    images

    आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहसहित जनजीविकाका माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउने निर्णय गरेको हो ।

    सोही दिन देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तयार  गरिएको हो । बैठकले फागुन ९ गते काठमाडौँमा प्रदर्शन समेत गर्ने राप्रपाले जनाएको छ ।   

    प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - १७:२३:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको