Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालले नामिबियासँगकाे खेलमा ४४ रन बनाउदा ७ विकेट गुमायाे

नेपालले नामिबियासँगकाे खेलमा ४४ रन बनाउदा ७ विकेट गुमायाे

जोईन खबर

३, फाल्गुण २०८०
  • 892
    SHARES
  • नेपालले नामिबियासँगकाे खेलमा   ४४  रन बनाउदा ७  विकेट गुमायाे

    ३ फागुन काठमाडौँ ।आइसिसी विश्वकप क्रिकेट लिग -२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ।

    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ।पहिलो पावरप्लेको १० ओभरमा २५ रन जोड्दा ४ विकेट गुमाएको नेपालले थप तीन विकेट गुमाइसकेको छ। सातौं विकेटको रुपमा भीम सार्की ४४ रन बनाएर आउट भएका छन्।

    २८औं ओभरमा भीमलाई नामिबियाका रुबेन ट्रम्पलम्यानले एलबिडब्लूको धरापमा परे। उनले ८६ बलमा २ चौका र १ छक्का प्रहार गरे।  भीम २७।४ ओभरमा आउट हुँदा नेपालले ७ विकेटको क्षतिमा ९४ रन जोडेको स्थिति थियो।

    त्यसअघि कुशल मल्ल पाँचौ विकेट रुपमा १५ रनमा आउट भए। मल्लले २२ बलमा १ चौका र १ छक्का प्रहार गरे। दुई ‌ओभरपछि सोमपाल कामी २ रनमा इरामसको बलमा क्याच भए।

    चौथो ओभरमा आसिफ शेख पनि ४ रनमै आउट भए। आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाटै क्याच गराए।दशौं ‌ओभरमा कप्तान रोहित पौडेललाई ब्रासेलले बोल्ड गरे। रोहितले १३ बल खेल्दा १ रन मात्र जोड्न सके।

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ११:४३:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको