२१ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।
पौडेलले दायर गर्नुभएको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनकन लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गर्नुभएको पौडेलले
जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाउनुभएको छ ।