Logo

मंगलवार, श्रावण १२ गते २०८३

पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

जोईन खबर

३, फाल्गुण २०८०
  • 1.1K
    SHARES
  • पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

    ३ फागुन काठमाडाैँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अाज पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा नामिबियाले विजयी सुरुवात गर्ने क्रममा ४ विकेटको जित निकालेको हो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।नेपालले टियु मैदानमा १५ ओडीआई खेलपछि हार बेहोर्द प्रशिक्षक मोन्टि देशाइको घरेलु ओडीआईको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो ।

    images

    ओपनरद्वय निको डाभीन १५ रन र माइकल ३३ बलमा २३ रन जोडे । दुवैलाई ललित राजवंशीले आउट गरे ।कप्तान एरास्मस ८ रन बनाएर सोमपालको बलमा क्याच आउट भए । २५ औं ओभरमा जेन ग्रीन आउट भएपछि नेपालले खेलमा फर्कने संकेत पाएको थियो । सोमपालले लगातार ३ विकेट लिँदै ८१-२ बाट ८४-५ को स्थितिमा पुर्याएपछि नामिबिया दबाबमा थियो ।

    नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २-२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए ।ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए ।

    अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे ।लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३-३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१-४ को स्थितिमा पुग्यो ।

    ३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए ।नेपालको टोली रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - १५:२६:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको