Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाल सेमिफाइनलमा मलेशियासँग पराजित, नेपाल एसिया कप २०२४को छनोटबाट पनि चुक्यो

नेपाल सेमिफाइनलमा मलेशियासँग पराजित, नेपाल एसिया कप २०२४को छनोटबाट पनि चुक्यो

जोईन खबर

४, फाल्गुण २०८०
  • 1.0K
    SHARES
  • नेपाल सेमिफाइनलमा मलेशियासँग पराजित, नेपाल  एसिया कप २०२४को  छनोटबाट पनि चुक्यो

    ४ फागुन काठमाडौँ । एसीसी महिला टी-२० प्रियिमर कपको सेमिफाइनलमा नेपाल मलेशियासँग पराजित भएको छ। शुक्रबार मलेशियामा भएको सेमिफाइनल खेलमा घरेलु टोलीले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेशियाले १९-५ ओभरमा पूरा गरेको हो।मलेशियाका लागि इल्शा हन्टरले  ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन्।

    images

    त्यस्तै, महिरा इस्माइले १६, मास इलिसाले १३ र वान जुलियाले ११ रन बनाइन्।नेपालका लागि कविता जोशी र रुविना क्षेत्रीले दुई-दुई तथा कविता कुँवर र रुविना क्षेत्रीले एक९एक विकेट लिए।

    नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाए।यो जितसँगै मलेसिया फाइनलमा पुगेको छ । उपाधिका लागि आइतबार मलेसिया र यूएईबीच प्रतिस्पर्धा हुनेछ।  नेपाल भने २०२४ को  एसिया कपबाट पनि चुकेको छ । 

    प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - १५:१५:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको