Logo

मंगलवार, श्रावण १२ गते २०८३

त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदै : पहिलो खेल नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुने

त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदै : पहिलो खेल नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुने

जोईन खबर

१५, फाल्गुण २०८०
  • 1.1K
    SHARES
  • त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु  हुँदै : पहिलो खेल नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुने

    १५ फागुन काठमाडाैँ । त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    उक्त त्रिदेशीय टी–२० सिरिजमा नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित बिच खेल हुने छ । खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यी तीन देशमध्ये नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ तथा नेपाल १६औँ स्थानमा छ ।

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०७:२५:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको