१६ फागुन काठमाडौँ । आज बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको छ भने, चाँदीको मूल्य तिन दिनदेखि सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा झरेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री भइ रहेको छ । आइतबारदेखि चाँदी प्रतितोला २५ रुपैयाँले घटिसकेको छ ।