२२ चैत काठमाडौ । बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो । सुनकाे मूल्य यस महिना अरु दिन भन्दा अहिले अलि बढि भएकाे हाे ।
आजा तेजाबी सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेर एक लाख १० हजार पाँच सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला एक हजार चार सय रुपियाँमा किनबेच भइरहेको छ ।