Logo

मंगलवार, श्रावण १२ गते २०८३

नयाँ सरकारका मन्त्रीहरूले लिए गोपनीयताको शपथ ,कुन दलको मन्त्रीलाइ कुन मन्त्रालयको कार्यभार

नयाँ सरकारका मन्त्रीहरूले लिए गोपनीयताको शपथ ,कुन दलको मन्त्रीलाइ कुन मन्त्रालयको कार्यभार

जोईन खबर

२३, फाल्गुण २०८०
  • 895
    SHARES
  • नयाँ सरकारका  मन्त्रीहरूले लिए गोपनीयताको शपथ ,कुन दलको मन्त्रीलाइ कुन मन्त्रालयको कार्यभार

    २३ फागुन काठमाडौँ ।नेपाली काङ्ग्रेससंगको पुरानो गठबन्धन भत्काउदै प्रचण्डको नेत्तृत्वमा नयाँ सत्तगठबन्धनको सरकारको स्थापित भएको  छ ।सत्तगठबन्धन दलहरूको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले , नेकपा माओवादी  केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुलाइ आज एक कार्यक्रम बिच राष्ट्रपति भवन शीतलनिवास राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन् ।

    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्वबाट सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ,राजेन्द्र राई खानेपानी मन्त्रालय, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी मन्त्रालय र  बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय गरि ८ मन्त्रालयको  जिम्मेवारी पाएका छन् ।

     18.jpg

    यसै गरी   नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ,अर्थमन्त्री वर्षमान पुन ,ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचनाप्रविधि रेखा शर्मा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालयका जिम्मावारी पाएका छन् ।

    20.jpg

    अर्को गठबन्धनका  राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री सभापति रवि लामिछाने,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  डीपी अर्याल ,युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ बनेकी छन् । यि मन्त्रीहरूले आज नै पदसंगै राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ समेत लिएका छन्, भने भोलीदेखि आफ्नो पद भारको काम  गर्ने भएका छन् । 

    प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - २०:४६:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको