बुधबार भने सुनको भाउमा नयाँ रेकर्ड कायम भएको थियो । हिजो सुन तोलामा नै २हजार रुपैयाँले बढ्दा प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो ।
यस दिन चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन भने चाँदीको भाउ तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ४४० रुपैयाँमा खरिदबिक्री भएको थियो।