२३ चैत काठमाडौ । सत्तागठबन्धनले आज सरकारको न्यूनतम साझा५ बजे कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले निर्णय गरेको हो।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा सहमति गर्ने बताए ।
आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिन सक्ने बताउँदै उनले भने, ‘साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको छ ।’
महासचिव देवप्रसाद गुरुङले राजनीतिक दलहरूबीच सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ । सानातिना सुझाव केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । सुशासनबारे मूलभूत रूपमा सहमति तथ मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको बताए छन् ।