Logo

बुधवार, श्रावण १३ गते २०८३

कोसी नामकरणको आन्दोलनको क्रममा निधन भएका लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

कोसी नामकरणको आन्दोलनको क्रममा निधन भएका लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

जोईन खबर

२४, चैत्र २०७९
  • 676
    SHARES
  • कोसी नामकरणको  आन्दोलनको क्रममा निधन भएका लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको  निर्णय

    २४ चैत काठमाडौ।  कोसी नामकरणको  विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ । 

    images

     मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उहाँको साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय बताउनु भयो

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, ‘कोसी नामकरण सन्दर्भमा कोसी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बू निधन हुन पुग्यो ।

    आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने ’ निर्णय भएको बताउनु भयो ।

     

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १०:४५:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको