१३ चैत काठमाडौँ । आज मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको १० रुपैयाँ घटेर कारोवार भएको छ ।
सोमबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन भने प्रतितोला एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाादीको मूल्य एक हजार ५०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदीको एक हजार ५१५ रुपैयाँ कायम थियो । चाँदीको मूल्य आज १० रुपैयाँले घटेको संघले जनाएको छ ।