Logo

शनिवार, भाद्र २७ गते २०८३

गगन थापा सभापतिको उम्मेदवार बन्न तयार

गगन थापा सभापतिको उम्मेदवार बन्न तयार

जोईन खबर

२९, भाद्र २०७७
  • 2.7K
    SHARES
  • गगन थापा सभापतिको उम्मेदवार बन्न तयार

    नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले एक अनलाईन सगँको अन्तर्बार्तामा आगामी १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न तयार रहेको बताउनु भएकोछ।  अन्तर्वार्ताम थापा भन्नुहुन्छ ''हाम्रो विश्वास जित्न सक्ने कोही भएन भने, साथीहरूको बीचमा छलफल गरेर हामी युवाहरूकै बीचबाट सभापति लड्नुपर्‍यो भन्ने अवस्था आयो भने, अरू साथीहरूको के हुन्छ मलाई थाहा छैन, म चाहिँ साथीहरूको विश्वास लिएर सभापतिको उम्मेदवार बन्न तयार छु ।''

    images


    नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा कांग्रेसभित्र मात्रै होइन, गैरकांग्रेसमा समेत आशा गरिएका नेताको रुपमा हेरिन्छ । काठमाडौँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थापा संसदमा कांग्रेसका तर्फबाट बोल्ने क्रममा सरकारलाई जवाफदेही बनाउन सक्रिय हुनुहुन्छ ।

    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १४:४२:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको