Logo

बुधवार, श्रावण १३ गते २०८३

हेटौंडा उपमहानगरपालिका वनरेक्स, डाईजेपाम ,नुर्फिन , एम्पुल, फेनारगन सहित २ जना पक्राउ

हेटौंडा उपमहानगरपालिका वनरेक्स, डाईजेपाम ,नुर्फिन , एम्पुल, फेनारगन सहित २ जना पक्राउ

जोईन खबर

२४, चैत्र २०७९
  • 757
    SHARES
  • हेटौंडा उपमहानगरपालिका वनरेक्स,  डाईजेपाम  ,नुर्फिन  , एम्पुल,  फेनारगन  सहित २ जना  पक्राउ

    २४ चैत काठमाडौ।  हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स २ सय ४० बोतल, डाईजेपाम ६ सय ५० एम्पुल, नुर्फिन ६ सय एम्पुल र फेनारगन ६ सय एम्पुलसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

     भारत सिवान पन्चायत-५ बस्ने २६ वर्षीय अमित कुमार र २३ वर्षीय अनिल कुमार रहेका छन् ।

    विशेष सूचनाको आधारमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगजंबाट काठमाडौंतर्फ जाँदै गरेको बिआर २९ जिबि ५४८६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी गाडीका चालक अमित र गाडीमा सवार अनिललाई पक्राउ गरेको हो । 

     

     

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १२:४९:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको