Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनको भाउमा निरन्तर घटदै चाँदी बढदै गयो !!!!!

सुनको भाउमा निरन्तर घटदै चाँदी बढदै गयो !!!!!

जोईन खबर

२४, चैत्र २०७९
  • 739
    SHARES
  • सुनको भाउमा निरन्तर घटदै  चाँदी बढदै  गयो !!!!!

    २४ चैत काठमाडौ।  शुक्रबार  सुनको भाउमा तोलामा २०० रुपैयाँले घटेको हो । चाँदी भने आज प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    बिहीबार पनि सुनको भाउ ओरालो लागेको थियो । २ दिनमा सुनकाे भाउ ताेलामा एक हजार रूपैयाँले सस्तिएकाे हाे ।

    शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला पाँच रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १३:२०:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको