Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एनएमबि बैंककाे एनएमबि डिवेञ्चरमा आवेदन दिने आज अन्तिम

एनएमबि बैंककाे एनएमबि डिवेञ्चरमा आवेदन दिने आज अन्तिम

जोईन खबर

२४, चैत्र २०७९
  • 775
    SHARES
  • एनएमबि बैंककाे एनएमबि डिवेञ्चरमा आवेदन दिने आज अन्तिम

    २४ चैत काठमाडौ। एनएमबि बैंक लिमिटेड (NMB) ले  निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत-२०८९/२०९०’ मा आज कार्यलय समयमा आवेदन दिनु पर्नेछ ।

    images

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको छ । सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

    images
    images
    images

    NMB-BAnk.webp

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

    ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।

    सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १३:३४:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको