Logo

मंगलवार, श्रावण १२ गते २०८३

  उपनिर्वाचनको लागि आजदेखि आचारसंहिता लागू

  उपनिर्वाचनको लागि आजदेखि आचारसंहिता लागू

जोईन खबर

२८, चैत्र २०८०
  • 952
    SHARES
  •   उपनिर्वाचनको लागि आजदेखि आचारसंहिता लागू

    २८ चैत काठमाडौँ । उपनिर्वाचनका लागि आजदेखि  निर्वाचन आयोगले आचारसंहिता लागू  गरेको छ  । आगामी वैशाख १५ गते हुने निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ (१) मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको हो ।

    images

    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    यस्तैआयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - १०:४०:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको