Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेसको १५औँ महाधिवेशनमा ओली नजाने, शुभकामना दिन एमालेबाट पोखरेल सहभागी हुने

कांग्रेसको १५औँ महाधिवेशनमा ओली नजाने, शुभकामना दिन एमालेबाट पोखरेल सहभागी हुने

जोईन खबर

१८, आश्विन २०८३
  • 406
    SHARES
  • कांग्रेसको १५औँ महाधिवेशनमा ओली नजाने, शुभकामना दिन एमालेबाट पोखरेल सहभागी हुने

    १८ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । ओलीको सट्टा एमालेका महासचिव शंकर पोखरेल महाधिवेशनमा सहभागी भएर शुभकामना दिने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् ।

    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रचण्डको सचिवालयका अनुसार अहिलेसम्म उनी महाधिवेशनमा जाने कार्यक्रम तय भएको छ ।

    ‘अहिलेसम्म जाने भन्ने छ । केही अपर्झट भएन भने जानुहुन्छ,’ प्रचण्डको सचिवालयले जनाएको छ । कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा शुभकामना दिनका लागि प्रायः सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको जनाएको छ । महाधिवेशनमा विभिन्न दलका नेताहरूको सहभागिताले राजनीतिक दलबीचको सम्बन्ध र सहकार्यबारे समेत चासो बढाएको छ ।

    कांग्रेसको महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र रणनीति तय गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा समेत नेताहरूले धारणा राख्ने तयारी छ ।

    प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ११:२०:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको