संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का अनुसार चैत यता मुलुकभरका ३ हजार १२ जना शिक्षकले जागिर गुमाइसकेका छन् । कोरोना भाइरसको बहाना बनाएर निजी विद्यालय सञ्चालकहरूले शिक्षकलाई जबर्जस्ती निष्कासन गर्ने क्रम बढेको हो ।
दशकौंदेखि पठनपाठन गराउँदै आएका शिक्षकलाई निजी विद्यालय सञ्चालकहरूले संकटको घडीमा मनोवैज्ञानिक त्रास दिएको उनीहरू गुनासो गर्छन् । कोठाभाडा तिर्न, साधारण दालभात खान तलब माग्दा समेत सञ्चालकहरू निष्कासन गरिएको पत्र थमाउन थालेकाछन् । जति दिन्छन्, हात थापेर अनलाइन कक्षा पढाइराखे जागिर जोगियो, बोल्यो भने झनै निसाना बनाएर जागिरै खोस्ने गरेको शिक्षक हरुले बताउछन् ।