२४ चैत काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने व्यक्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा प्रधानमन्त्री ‘प्रचण्ड’ले आज गोरखामा पार्टी कार्यकर्ता भेटघाटमा उहाँले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती राख्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
१० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको छ ।एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रूपमा अघि उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो ।”
उहाँले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका झण्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्त्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढङ्गको बनाएर नहुने भन्दै नयाँ ढङ्गको बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको बताउनुभयो ।