Logo

बुधवार, श्रावण १३ गते २०८३

सानिमा मिडिल तमोर हाइड्रोपावरको शेयर ओपनिङ्ग रेन्ज कति?

सानिमा मिडिल तमोर हाइड्रोपावरको शेयर ओपनिङ्ग रेन्ज कति?

जोईन खबर

२६, चैत्र २०७९
  • 697
    SHARES
  • सानिमा मिडिल तमोर हाइड्रोपावरको शेयर  ओपनिङ्ग रेन्ज कति?

    २६ चैत काठमाडौ। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images

    कम्पनीले  स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर, कर्मचारीहरुलाई वितरण गरिएको १६ लाख ६६ हजार २५० कित्ता शेयर, र सर्वसाधारण शेयरधनीहरु (सामुहिक लगानी कोष र बैदेशिक रोजगारीमा रहेका नेपाली समेत) ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो रेन्जमा रहेर सोमबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

     
     

     

    प्रकाशित मिति :चैत्र २६, २०७९ आइतवार - १३:४०:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको