२६ चैत काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग पैसा नमागेको दाबी गरेका छन् आइतबार दिउँसो कपुरकोट मिडियाले सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक गरेको थियो।‘म अहिले तपाईंसँग बोलिरहेको छु नि, यो मेरो स्वर हो,’ उनले भने,‘यो स्वर त्यो अडियोसँग मिल्छ त?’‘म पोखरामा छु। पार्टी सभापतिसँग फोनमा कुरा गर्न खोज्दैछु,’ श्रेष्ठले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ। सेतोपाटीसँग कुरा गर्दै रास्वपा संसदीय दलका नेता डिपी अर्यालले अडियोबारे जानकारी आएको बताए।
पार्टीबाट समानुपातिक उम्मेदवार बनेपछि मात्र उनले सहकारी छाडेका थिए। त्यसअघि सहकारीका अविछिन्न अध्यक्षका साथै सबै आर्थिक कारोबार उनले चलाउँथे। सांसद भएको दुई महिना पनि नपुग्दै सहकारी चल्न सकेन। त्यसका शेयर सदस्यले बचत गरेको रकम पाएनन्। उनीहरुले पोखरा महानगरको सहकारी महाशाखामा उजुरी दिए।
‘