Logo

मंगलवार, श्रावण १२ गते २०८३

सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

जोईन खबर

१६, बैशाख २०८१
  • 997
    SHARES
  • सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

    १६ वैशाख काठमाडौँ । प्रदीप खड्का र अभिलाषा विष्ट १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गरेका हुन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे ।

    images

    महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई सीधा सेटमा ६–० र ६–१ ले हराइन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार पाए । शुक्रबार अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक राणासंग मिलेर स्वर्ण जितेकी थिइन् ।सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जिते ।

    जितेन्द्रले ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण हात पारे नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङ पहिलो भए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा क्रमशः कमलबहादुर भण्डारी तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले उपाधि चुमे ।

    विजेतालाई सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डे, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे ।अध्यक्ष पाण्डेले राम्रो व्यवस्थापन गरी प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउने संस्करणदेखि प्रायोजन रकममा बृद्धि गर्ने प्रतिबद्धता जनाए ।

    अध्यक्ष मुलले आगामी संस्करणदेखि पुरस्कार रकम बढाउने वाचा गरे ।साताव्यापी प्रतियोगितामा १ सय ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धा भएको ११ वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । जम्मा ५ लाख ८२ हजार ५ सय नगद पुरस्कार वितरण गरियो । प्रतियोगिताका केहि खेलहरु भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा पनि भएको थियो ।

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - १०:१६:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको