Logo

मंगलवार, श्रावण १२ गते २०८३

राज गोरखालीको निर्देशनमा धार्चे डाडैमा बोलको गीतको नयाँ म्युजिक भिडियो वैशाख २१ गतेदेखि सार्वजानिक हुदैँ

राज गोरखालीको निर्देशनमा धार्चे डाडैमा बोलको गीतको नयाँ म्युजिक भिडियो वैशाख २१ गतेदेखि सार्वजानिक हुदैँ

जोईन खबर

१९, बैशाख २०८१
  • 7.9K
    SHARES
  • राज गोरखालीको निर्देशनमा धार्चे डाडैमा बोलको गीतको नयाँ म्युजिक भिडियो वैशाख २१ गतेदेखि सार्वजानिक हुदैँ

    १९ वैशाख काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव राज गोरखालीको निर्देशनमा धार्चेको डाडैमा बोलको पहिलो नयाँ म्युजिक भिडियो यही वैशाखको २१ गते सावैजानिक हुने भएको छ ।

    images

    गायक छम बहादुर गुरुङ रतारा श्रीस मगरको स्वरमा धार्चेको डाडैमा बोलको गीतको नयाँ म्यूजिक भिडियो अब बजारमा छिटो नै सार्वजनिक गरिने भएको हो । गीतमा छम बहादुर गुरुङको शब्द र संगीत रहेको छ । भिडियोमा राज गोरखालीस, सुनिता गुरुङ र सुप्रिया गुरुङको अभिनय रहेको छ ।

    संगीत संयोजक आशु लामा,मिक्सिङमा सुर्य स्याङतान र रेर्कडिस्टमा किरण आले, बाँसुरीमा सुन बहादुर गुरुङ तथा राज गोरखालीको निर्देशन र सह निर्देशन छमन गरुङ रहेको म्युजिक भिडियो तारिफ योग्य बने भएको छ। यस म्युजिक भिडियोमा निर्देशक राज गोरखालीले गीतको भाव जस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन्। सार्वजनिक गरिने भिडियोमा राज र सुनिता नृत्य हेर्न सकिन्छ। यस भिडियोको कोरस कलाकारहरु जसमा सविना गुरुङ,विनिता गुरुङ,साइली गुरुङ,बाटुली गुरुङ, समिता गुरुङ,सुमिता गुरुङ रहेका छन् ।

    यस भिडियोको छायांकन धार्चे गाउँपालिकाको वडा न ५ को सिङलाको मनोरम दृश्य भएको निर्देशन राज गोरखालीले बताउनु भयो । यस भिडियोमा राज गोरखालीले मुख्य भूमिका खेलेका हुने छन् । उक्त गीतको भिडियो राज गोरखालीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिने छ।यस भिडियोको सहयोगीहरु विस बहादुर गुरुङ रविमाया गुरुङ रहेका छन्, भने अग्रज तथा सल्लाहकार धन बहादुर गुरुङ रहनु भएको छ । गायक छम बहादुर गुरुङको पहिलो कोसेलीको रुपमा समेत सार्वजानिक हुन लागेकाे हाे ।

    9852.jpeg

    प्रकाशित मिति :बैशाख १९, २०८१ बुधवार - ०७:३४:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको