छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा झरेको छ । आइतबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ कायम रहेको थियो ।

साताको दोश्रो दिन, चाँदीको मूल्य ओरालो लागेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ४३० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य समेत स्थिर रहेर प्रतितोला एक हजार ४४० रुपैयाँमा किनबेच भएको थियो ।