Logo

बुधवार, श्रावण १३ गते २०८३

रास्वपा सांसदले दुई करोडको मागमाथि कडा अनुसन्धान हुन्छ: गृहमन्त्री नारयणकाजी श्रेष्ठ

रास्वपा सांसदले दुई करोडको मागमाथि कडा अनुसन्धान हुन्छ: गृहमन्त्री नारयणकाजी श्रेष्ठ

जोईन खबर

२७, चैत्र २०७९
  • 667
    SHARES
  • रास्वपा सांसदले दुई करोडको  मागमाथि  कडा अनुसन्धान हुन्छ: गृहमन्त्री  नारयणकाजी श्रेष्ठ
     २७ चैत काठमाडौं  ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष  र उपाप्रधानमन्त्री तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको कडा अनुसन्धान गरिने  बताएका छन् ।
    श्रेष्ठलेआज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गर्दा अनुसन्धानबाट पुष्टि भए पछि  अघि बढ्ने  कुरा जानाकारी दिएका छन्।।
     
    आइतबार अडियो सार्वजनिक प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने गृहमन्त्री नारयणकाजी श्रेष्ठको भनाई छ ।
     
    ‘दुई करोडको कुरा  माग  आएको छ , त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं :उपाप्रधानमन्त्री तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठले बताएका छन् ।
     
    अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’रास्वपाका सांसद डा श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । 
     
     
     
     
     
     

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - १७:१६:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको