६ जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वासको मत दिने बताएका छन् ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बिहान मात्र प्रधानमन्त्रीसँग भेट भएको बताएका हुन् ।
हामी सरकारमा सहभागी हुने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने समेत प्रष्ट पार्नु भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।
सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्रीले विश्वासको मत पाएको र आफूहरूले पनि कोशीमा विश्वासको मत दिएको उनले उल्लेख गरे ।अहिले सहमति र समझदारीका साथ जानु पर्ने बताए ।