२८ चैत काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा समस्यालाई समाधान गर्नुपर्ने बताएका छन्।नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभामा वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन।
बैंकलाई पनि असजिलो छ। व्यवसायीहरुलाई झन् धेरै असजिलो छ। सरकारको पनि राजश्व उठेको छैन।अर्थतन्त्रको जित हारको अवस्था हो। हामी सबै मिलेर अर्थतन्त्रलाई जिताउन पर्नेछ। यसलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेछ। एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोप लगाएर मात्र समस्याको समाधान हुन सक्दैन।
उनले सरकार तथा राजनीतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा नराखेको गुनासो गरे। बैंकले लगानी गरेकै कारण व्यवसायीहरुलाई व्यवसाय गर्न सहज भएको बताउँदै ढकालले बैंक विरुद्धमा आन्दोलन गरेर अहिलेको समस्या समाधान हुन नसक्ने बताए।