७ असोज, काठमाडौं । सरकारले शैलुङ/दिवा जेभी र युनाइटेड बिल्डर्सले सडक निर्माणमा ढिलाइ गरेकोले कम्पनीलाई कालोसूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण सोधेको छ । सडक निर्माणमा ढिलाइ गरेपछी काठमाडौं सडक विस्तार आयोजनाले निर्माण कम्पनीसँग स्पष्टकीरण सोधेका हुन् । आज कान्तिपुर दैनिका सूचना निकालेर ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
ललितपुरको ढोलाहिटी-सुनकोठी सडकको एक खण्डमा दिवा/शैलुङ जेभीले विस्तार गर्ने जिम्मा पाएको थियो । त्यसैगरी चाबहिल-साँखु सडक निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्सलाई पनि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।