Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

जोईन खबर

२८, जेठ २०८१
  • 919
    SHARES
  • अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

    २८ जेठ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो १:०० बजेदेखि १:३० बजेसम्म आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    images

    विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ ।

    images
    images
    images

    यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिने छ । दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि तीव्र बन्ने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको जानकारी दिएको हो ।

    image_2024-06-10_114401214.png

    प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ११:५१:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको