Logo

बुधवार, श्रावण १३ गते २०८३

गृह र यातायातमन्त्रीले गरे बुटवल–नारायणगढ सडकखण्डको अनुगमन

गृह र यातायातमन्त्रीले गरे बुटवल–नारायणगढ सडकखण्डको अनुगमन

जोईन खबर

२९, चैत्र २०७९
  • 724
    SHARES
  • गृह र यातायातमन्त्रीले गरे बुटवल–नारायणगढ सडकखण्डको  अनुगमन

    २९ चैत काठमाडौ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुुटवल सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।ठेकेदार कम्पनी चाइना स्टेटले काममा ढिलाइ गरेको र हिँडडुलमा समस्या परेको भन्दै गुनासो आएपछि अनुगमन गरिएको हो ।

    images

    TP-NAWALPUR.jpg

    अनुगमनका क्रममा पछिल्लो समय काम सन्तोषजनक भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । गैंडाकोटदेखि बुटवलसम्म मन्त्री र विभागीय मन्त्रालयका प्रतिनिधिले स्थलगत निरीक्षण गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
     
    337597588_1148343519173485_2408591088850630640_n-560x280.jpg 

     हामीले ठेकेदार पक्षलाई पटक–पटक दबाब दिएका छौ“ काम छिटो गर्न र धुलोरहित तबरले काम गर्नका लागि ।’२०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का सम्झौता गरेर नारायणगढ–बुटवल सडकको स्तरोन्नतिको काम सुरु गरेको थियो । तर ४ वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ ।

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - १२:२१:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको