बुधबार दुई घण्टाको कारोबारमा नेप्से परिसूचक ३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा नेप्से ५६.३४ अंक बढेर १९२७.६७ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। विगत केही दिनहरुमा ४ घण्टाको कारोबारमा १ अर्बभन्दा कम शेयर कारोबार भइरहेको बजारमा यस दिन दुई घण्टामा नै करिब १ अर्बको कारोबार भइसकेको छ।