Logo

मंगलवार, श्रावण १२ गते २०८३

गाउँपालिकाको ७० प्रतिशत र सुलिकोट सहकारीको ३० प्रतिशत लगानीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने 

गाउँपालिकाको ७० प्रतिशत र सुलिकोट सहकारीको ३० प्रतिशत लगानीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने 

जोईन खबर

६, आषाढ २०८१
  • 1.0K
    SHARES
  • गाउँपालिकाको ७० प्रतिशत र सुलिकोट सहकारीको ३० प्रतिशत लगानीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने 

    ६ असार काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको कार्यालयले  कृषि एम्बुलेन्स सञ्चालन गर्न एउटा गाडी खरिद गर्ने भएको छ । उक्त गाडीलाई कृषि एम्बुलेन्सका लागि प्रयोग गर्ने गरी गाउँकार्यापालिका बैठकमा निर्णय समेत गरिएको हो । यस  गाउँपालिकाले गाउँपालिका भित्रको सबै वडालाई समेट्ने गरी गाउँपालिकाको कार्यालय र सुलिकोट बहुउदेश्यीय सहकारी संस्थाको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न गरि यही  जेठ २९ गते सम्झौता पत्रमा हस्ताक्षर गरिएको गाउॅपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताए ।

    images

    सम्झौताअनुसार कृषि एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले ७० प्रतिशत र सहकारीले ३० प्रतिशत लागतको साझेदारी गर्ने छन् । कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिने गाडी खरीदका लागि पालिकाले १९ लाख ७५ हजार रुपैयाँ र सुलिकोट बहुउदेश्यीय सहकारीले बाँकी ३० प्रतिशत रकम लगानी गर्ने छ ।  कार्यापालिका बैठकले गाउँपालिकाको स्वीकृतमा गाउँपालिकाले अनुदान रुप उपलबध गराउने  गरि स्थनीय कृषि उपज संकलन तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न गरि चार पांग्रे गाडीलाई स्थानीय उपज संकलन तथा बजारीकणका लागि प्रयोग गर्ने निर्णय गरेको हो ।

    यस कृषि एम्बुलेन्सले गाउॅपालिका भित्र उत्पादन हुने कृषि उपज  बजार सम्म पु¥याउने छ । यस खरिद गरिएको गाडीले गाउँपालिका भित्र उत्पादन कृषकले उत्पादन  गरेको उपजलाई सहजै बजारसम्म पु¥याउने उद्देश्यले कृषि एम्बुलेन्स संञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले जानकारी दिनुभयो । यसै क्रममा कृषि गाडी खरिद गर्दा सिङग्ल क्याबिन र चार पाङ्ग्रा मात्र खरिद गर्नु पर्ने छ । कृषि एम्बसलेन्स संञ्चालन  गर्दा लाग्ने खर्च जसमा चालक पारिश्रमिक खर्च,ईन्धन खर्च, नेपाल सरकारलाई बुझाउनु पर्ने कर रकम,बिमा खर्च र मर्मत खर्च सुलिकोट बहुृद्देश्यीय सहकारीले व्यहोर्नु पर्ने छ ।

    यस संयुकत साझेदारीमा खरिद गरेको कृषि एम्बुलेन्सले बार्षिक रुपमा गाउँपालिकाको प्राविधिक सहयोगमा कृषि मेला प्रर्दशनी,बाली उपचार शिविर र माटो परिक्षण कार्यक्रम समेत सञ्चान गर्नु पर्ने छ । यो कृषि एम्बुलेन्स सञ्चालन गर्दा हुने  सबै खर्च सहकारीले गर्नु पर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको पालिकाका  कृषि सेवा शाखा प्रमुख विनोद विश्वकर्माले जानकारी दिए । IMG_3751.jpeg

     

     

    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - १७:२६:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको