७ असार काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ । यसैपालि एसईई ९सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन० दिएका करिब १ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने विहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् ।
उनकाअनुसार प्रतियोगिता ओपन र गल्र्स गरी दुई क्याटगोरीमा सञ्चालन गरिनेछ, जसमा समान पुरस्कार विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र ३ हजार रुपिया, ट्रफी, पदक र प्रमाणपत्र दिइनेछु ।प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । कलेजकी निर्देशक सैल सुमन सिलवालकाअनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
फागुन, २०८० देखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो एसईई कप । गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता दुईपल्ट गरेको थियो । आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौं एसइईई कपबाट नयाँ र उदीयमान खेलाडी आउन विश्वास गरेकी छु ।हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौं ।
यसैलाई एसईई कपमा निरन्तरता दिदैछौं,’ गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन् ।चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए ।