७ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दोस्रो स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि मनाउँदै छन्। स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम तथा विभिन्न राजनैतिक दलका नेताहरुलाई पनि निमन्त्रण गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन्।
कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेको जनाएको छ।