Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

जोईन खबर

८, आषाढ २०८१
  • 751
    SHARES
  • उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

    ८ असार काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ  इरान प्रस्थान गरेका छन् ।परराष्ट्रमन्त्री श्रेष्ठ एसिया सहयोग संवाद ९एसिया कोअपरेसन डायलग० को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने  आज साझा नेपालबाट जानु भएको छ । उहाँले त्यस बैठकमा साइटलाइनमा  विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।

    images
    images
    images

    मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।

    उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसंग उहाँका निजि स्वकीय सचिव सुरेश काजी श्रेष्ठ समेत जानु भएको छ । परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौँ फर्कने परराष्ट्रले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ८, २०८१ शनिवार - २१:४५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको