९ असार काठमाडौँ । गोरखा जिल्लाको एकीकृत अखिल नेपाल शिक्षक संगठन समन्वय समितिका अध्यक्षमा गणेशराज सेढाईँ निर्वाचित भएका छन् । उक्त सेढाईँ नेतृत्वमा १५१ सदस्यीय घोषणा गरि एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला परिषद सम्पन्न गरिएको हो ।
यस कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिका अध्यक्ष गणेशराज सेढाइँले वैचारिक तथा सांगठनिक प्रतिवेदनका साथै भावी योजना प्रस्तुत गरेको थिए भने कोषाध्यक्ष मीनबहादुर नेपालीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।जिल्ला भरीमा संगठनमा आवद्ध ४ सय हारहारीमा शिक्षकहरुको उपस्थिति रहेको थियो । हिजो शनिबार गोरखा बजार पार्टी कार्यालयको पाटेचौरमा संगठनको जिल्ला परिषद सम्पन्न भएको हो ।
अध्यक्ष सेढाईँ अध्यक्षतामा सम्पन्न जिल्ला परिषदको उद्घाटन समारोहमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहइञ्चार्ज हरिराज अधिकारी, एकीकृत अनेशिसंका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज अमर तमु, शिक्षक महासंघका केन्द्रीय सदस्य गोपालबाबु मरहट्टा लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।