९ असार काठमाडौँ । "नेपाल आइडल"को पाँचौँ सिजनको उपाधि बर्दियाका करण परियारले हात परेका छन् । "नेपाल आइडल" सिजन ५ को उपाधि शनिबार साँझ तिन प्रतिस्पर्धीहरु जसमा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै करणले उपाधि हात परेका हुन् । ‘नेपाल आइडल सिजन ५ को विजेता परियारले नगद २५ लाख रुपैयाँ प्रप्ता गरेका छन् ।
प्रतियोगितामा दोस्रो पोखराकी सलोमी गुरुङले । १० लाख रुपैयाँ, तेस्रो दार्जीलिङका सचिन विश्वकर्माले ५ लाख रुपैयाँ, चौथो दार्जीलिङकै मोहित भुजेलले स्कुटर प्रप्ता गरेका थिए ।

नेपाल आइडलको पाँचौँ सिजनको निर्णायकमा न्हू बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए । नेपाल आइडलको पाँचौं सिजनका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए ।
