९ असार काठकाडौँ । बेँसीसहर नगरपालिका– १ उदीपुरको डुम्रे–बेँसीसहर सडक खण्ड अन्तर्गत पहिरो खस्दा बाटो अबरुद्व भएको छ । हिजो शनिबार रातिदेखिको निरन्तरको वर्षा कारण्ले खसेको पहिरोले सडकखण्ड अवरुद्ध जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केह िनिरनतर पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने लमजुङ कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । यसअघि असार ४ गते पनि पहिरोले सडक अवरुद्ध भएको थियो । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ ।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका छन् ।