२९ चैत काठमाडौ।हुण्डाईले विद्युतीय गाडी उत्पादन गर्ने अटो ब्राण्ड हुण्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका लागि करिब २४ खर्ब लगानी गर्ने भएको छ ।हुण्डाई मोटर्स ग्रुपले मंगलबार आफ्नो योजना सार्वजनिक गर्दै सन् २०३० सम्म विद्युतीय गाडीको उत्पादन,गर्ने छ ।
हुण्डाई मोटर्स तथा साझेदार कम्पनी किया र अटोपार्ट मेकर कम्पनी हुण्डाई मोबीलले संयुक्त रुपमा गर्ने हुण्डाई ग्रुपले जनाएको छ । वायु प्रदुषणलाई कम गर्ने कम्पनीको योजना अन्तर्गत कम्पनीले पछिल्लो केही समयमा विद्युतीय गाडीमा ठूलो लगानी गर्दै आएको छ ।
अर्को तर्फ विद्युतीय कारको बजार पनि बढ्दो क्रममा रहेकाले कम्पनीले ठूलो लगानीको निर्णय लिएको हो ।यो लगानी मध्ये सबैभन्दा ठूलो रकम हाल सञ्चालनमा रहेको विद्युतीय गाडी उत्पादनको केन्द्रको क्षमता विस्तारमा लगानी हुने बताएको छ । भने, दोस्रोमा पार्ट तथा विभिन्न प्रविधिको विकासमा खर्च हुने जनाइएको छ ।