Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

दोलखामा खेलकुद विमोचन

दोलखामा खेलकुद विमोचन

जोईन खबर

१६, आषाढ २०८१
  • 805
    SHARES
  • दोलखामा खेलकुद विमोचन

    १६ असार काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री सरस्वती बस्नेत दोलखामा खेलकुद नामक पुस्तक विमोचन गरेका छन् ।

    images


    सो अवसरमा सदस्य–सचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुद बारे बुझ्न सहज हुने धारणा व्यक्त गर्दै आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेको र बाँकी २ पुस्तक प्रकाशको तयारी भइरहेको बताए ।

    images
    images
    images

    पूर्व मन्त्री बस्नेतले व्यक्तिसंगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरिन् ।लेखक विकास तामाङ मोक्तानले पुस्तक विक्रीबाट संकलन भएको रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गर्ने सोच रहेको बताए ।

    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - १९:४५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको