१८ असार काठमाडौँ ।हिजो भएको दुई दल बिचको सहमतिमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यति छिट्टै राजिनाम नदिने बताएका छन् ।
विपक्ष दलले गरेको घोषण अनुसार आज दिउँसो केही बेरमा माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने कि संसद्मा विश्वासको मत लिने भन्ने छलफलमै छन् । ‘राजीनामा दिने नदिने निर्णय भइसकेको छैन ।
प्रधानमन्त्रीको मूड तत्काल राजीनामा नदिने जस्तो देखिएको छ । प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्छ ।