१८ असार काठमाडौँ । सोमबार राति सत्ता गठबन्ध फेरबदल भएपछि आज माओवादी केन्द्रको पदाधिकारी आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
हिजो राति करिब १२ बजेको सहमतिमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्ध बनाउने निर्णय सार्वजानिक भए पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।
बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।