Logo

बुधवार, श्रावण १३ गते २०८३

माई खोला हाइड्रोपावरको आईपिओ बैशाख पहिलो हप्ता देखि सुरु

माई खोला हाइड्रोपावरको आईपिओ बैशाख पहिलो हप्ता देखि सुरु

जोईन खबर

३०, चैत्र २०७९
  • 694
    SHARES
  • माई खोला हाइड्रोपावरको आईपिओ बैशाख पहिलो हप्ता देखि सुरु

    ३० चैत काठमाडौ।माई खोला हाइड्रोपावर लिमिटेडले २०८० बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बरारबको १५ लाख २९ हजार ४११ कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो ।

    images

    सो मध्ये ७६ हजार ४७९ कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ।अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । सो आईपीओमा बैशाख ८ गतेदेखि १२ गतेसम्म आवेदन दिन सकिनेछ। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। 

     

     

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १३:०३:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको