Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालका लागि हिँडेको इलेक्ट्रीक मिनी कार भैरहवा आयो!!!

नेपालका लागि हिँडेको इलेक्ट्रीक मिनी कार भैरहवा आयो!!!

जोईन खबर

३०, चैत्र २०७९
  • 760
    SHARES
  • नेपालका लागि हिँडेको इलेक्ट्रीक मिनी कार  भैरहवा आयो!!!

    ३० चैत काठमाडौ। नेपालका लागि हिँडेको इलेक्ट्रीक मिनी कार  भैरहवा आइपुगेको छ । चीनको चर्चित ब्राण्ड विलिङको सानो ईभी ‘विलिङ मिनी’ नेपाल ल्याएको हो ।

    images

    नेपाल आउने विलिङ एयर मिनी इन्डोनेशियामा उत्पादन भएको हो । यो गाडी काठमाडौंमा भने वैशाख पहिलो सातासम्म आइपुग्ने कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

     पहिलाे लटमा ५२ यूनिट विलिङ एयर मिनी नेपाल भित्रिन लागेकाे हाे । याे ईभी नेपालमा दुई भेरियन्ट स्ट्याण्डर्ड र लङ रेन्जमा उपलब्ध हुनेछ ।

     दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ ।  एक पटकको फुलचार्जमा २०० किमी रेन्ज दिने कम्पनीले दाबी छ ।

    सुरक्षाको लागि यसमा एयरब्याग, ईबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।

     नेपाल मोटर्सले स्ट्याण्डर्ड रेन्ज मोडलको मूल्य २४ लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य ३० लाख ९९ हजार तोकेर बुकिङ लिएकाे थियाे ।

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १४:२७:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको